ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा छैनः अमेरिकी उपराष्ट्रपति पेन्स

पुस २९, काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन।
तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएकै बेला उपराष्ट्रपति पेन्सले आफू संविधानको २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा नरहेको बताएका हुन।
सभामुख न्यान्सी पेलोसीले उपराष्ट्रपति पेन्ससँग २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पत्र पठाएका थिए।
त्यसको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएको समाचार संस्थाहरुले जनाएका छन् ।
गत बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र बिद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ । एजेन्सी