कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार, कोभिड–१९ उपचार कोष’ खडा

माघ १, काठमाडौं । कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ । सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो । सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध लड्न भन्दै ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोष’ खडा गरेको थियो ।
प्रारम्भिक चरणमा कोषमा निजीक्षेत्रदेखि विभिन्न निकायले उल्लेखनीय रूपमा सहयोग गरे पनि रकम जम्मा हुने शृंखला पछि बिस्तारै सेलाउँदै गएको थियो । हाल उक्त कोषमा २ अर्ब ९० करोड रकम संकलन भएको महालेखा नियन्त्रक कार्यालयको आँकडामा देखिन्छ । अहिले उक्त कोषमा जम्मा भएको रकममध्ये २ अर्ब ४४ करोड खर्च भइसकेको छ।
यो कोष मुख्यतः कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरिएकाले स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नयाँ कोष निर्माण गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार खोप ल्याउन सरकारको स्रोतले मात्रै थेग्न कठिन पर्ने भएकाले थप स्रोत जुटाउन सार्वजनिक रूपमै रकम जम्मा गर्नका लागि स्वदेशी संघसंस्था तथा दातृ निकायहरूलाई आह्वान गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन
२०७७ माघ ६ गते, मंगलवार
इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित
२०७७ माघ ६ गते, मंगलवार
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !
२०७७ माघ ६ गते, मंगलवार
शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो
२०७७ माघ ६ गते, मंगलवार
निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित
२०७७ माघ ६ गते, मंगलवार
नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन
२०७७ माघ ६ गते, मंगलवार
खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो
२०७७ माघ ६ गते, मंगलवार
संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत
२०७७ माघ ६ गते, मंगलवार
कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने
२०७७ माघ ६ गते, मंगलवारलोकप्रिय

कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार