सीमा विवादबारे बृहत् रुपमा छलफल गर्न भारत अनिच्छुक

२०७७ माघ १ गते, बिहीबार

माघ १, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । परराष्ट्र स्रोतका अनुसार नेपाली पक्षले बैठकमा सीमासम्बन्धी विषयलाई उठाउने राम्रै तयारी गरेको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बैठकमा सीमा मात्र नभएर दुई देशबीचका सबै बृहत् विषयमा छलफल हुने र सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

भारतीय पक्ष भने यस विषयमा बृहत् रुपमा छलफल गर्न इच्छुक देखिँदैन । ‘बैठकमा विषय त उठ्ने छ तर भारतको बृहत् छलफल गर्ने रुचि नभएकाले नयाँ केही हुने सम्भावना छैन,’ स्रोतले भन्यो । स्रोतका अनुसार बैठकमा सीमा विवादलाई छ महिनाभित्र थप छलफल गर्नका लागि विदेश सचिवस्तरीय संयन्त्रलाई निर्देशन दिने निर्णय हुने सम्भावना छ । यो समाचार आजक कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन

२०७७ माघ ८ गते, बिहीबार

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन

२०७७ माघ ८ गते, बिहीबार

शुरू भयो किसान क्रेडिट कार्ड, विनाधितो कर्जा स्वीकृत भएका ऋणीलाई सजिलो

२०७७ माघ ८ गते, बिहीबार

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण

२०७७ माघ ८ गते, बिहीबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal