मुलुकले केपी शर्माको भार बोझ बोक्न सक्दैन, अब विश्राम लिनुपर्छ : नेपाल

२०७७ माघ १ गते, बिहीबार

माघ १, काठमाडौं । नेकपा (दाहाल-नेपाल पक्ष)का दास्रो अध्यक्ष माधवकुमार नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताएका छन् । विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले विश्राम लिनु पर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले यस्तै हर्कत गरीरहे पार्टिले थप कारवाही गर्ने चेतावनी दिए । नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको प्रतिनिधिसभा विघटन: प्रतिगामी कदमु विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, प्रधानमन्त्रीले अहिले पनि अनेकौं गलत काम गर्दै हिडेका छन, अहिलेसम्म पार्टी सदस्य त कायम राखेका छौ तर अब उनको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ ।
नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए । उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राखेका थिए ।

म र प्रचण्ड कमरेड भएको पार्टी नै आधिकारिक हो । हामीले अहिलेदेखि नै सहमतिअनुसार आलोपालो बैठकको अध्यक्षता गर्न थालीसकेका छौं । हाम्रो विचार, सोच र चिन्तन मिलेको छ । त्यसैले हामी अहिले पार्टी निर्माण गर्ने अभियानमा अघि बढेका छौं । जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गर्दै हुनुहुन्छ ।

अहिले हामीले समाजवाद उन्मुख जनताको जनवादलाई अघि बढाइरहेका छौं । ओलीले बाटोमा कोही फेला पर्यो कि समातेर केन्द्रिय सदस्य बनाउने काम गरेका छन् । सूर्य चुनाव चिन्ह र पार्टीको नाम अन्त कतै जाँदैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal