आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भौतिक दूरी कायम गरी मनाइँदै

२०७७ माघ २ गते, शुक्रबार

माघ २, काठमाडौं । सम्झनामा आज भूकम्प दिवस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्प सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
नेपालमा भुकम्प दिवस विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।
यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भएका थिए भने नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएका थिए ।
यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal