एनआरएन इन्फ्रास्टक्चरको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

२०७७ माघ २ गते, शुक्रबार

माघ २, काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। माघ २५ गते सुकेधारामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूाजीको २.५८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal