लाभांश प्रस्ताव पारित गर्न गरिमा विकास बैंकले डाक्यो साधारण सभा

२०७७ माघ २ गते, शुक्रबार

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले माघ ३० गते, शुक्रबार होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०:३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको हो।

सो सभाले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले माघ १२ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal