एमसीसीबारे तत्काल निर्णय लिइहालौं, दाहाल–नेपाल सडकमा ढुंगा हान्न जानु दुखत : मन्त्री रायमाझी

२०७७ माघ २ गते, शुक्रबार

माघ २, बुटवल । ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसी तत्काल लागू गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताएका हुन् ।

एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्यो, नत्र लागू गर्नुपर्यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन ’ रायमाझीको भनाई थियो ।
उर्जामन्त्री रायमाझीले भने, ‘एमसीसीलाई बन्धक नबनाऔं । अबको एक वर्षमा उत्पादन हुने विद्युत् बेच्ने आधार तयार गरौं ।’

मन्त्री रायमाझीले ‘आफ्नै दलभित्रको विवाद मिलाउन नसकेर दाहाल–नेपाल सडकमा ढुंगा हान्न जानु दुखत भएको दावी गरे । जनताले विकास र संवृद्धि प्राप्ति गर्न पठाएका बेला पार्टीभित्रको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए । चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउछुँ भन्नु लोकतन्त्र र संविधानविपरीतको काम नभएको उनको दावी थियो ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal