विपत्तिको सामना गर्न पूर्वतयारीमा जुट्नुपर्छ : गृहमन्त्री थापा

२०७७ माघ २ गते, शुक्रबार

माघ २, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने विपत्तिहरूको सामना गर्न पूर्वतयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको २३औं भूकम्प सुरक्षा दिवसको अवसरमा उनले प्राकृतिक विपत्ति आकस्मिक रूपमा आउन सक्ने भएकाले पूर्वतयारीमा जुट्नु पर्ने बताएका हुन् । गृहमन्त्री थापाले विपत्तिहरूको सामना गर्न सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताए ।

नेपाल भौगर्भिक अवस्थाले भूकम्पको उच्च जोखिममा भएको देश हो । वि।सं। २०७२ ९सन् २०१५० मा गएको ७।८ म्याग्नेच्युडको भूकम्प र यसको परकम्पनले करिब नौ हजारको ज्यान लिएका थियो भने देशको जीडीपीको आधाजसो क्षति गराएको थियो।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal