सर्वोच्च अदालतले संसद् विघटनको निर्णय नसच्याए अनर्थ हुनेछ : रामचन्द्र पौडेल

२०७७ माघ २ गते, शुक्रबार

माघ २, काठमाडौं । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको निर्णय सर्वोच्च अदालतले नसच्याएमा अनर्थ हुने बताएका छन् । पौडेलले भिडियो सन्देश दिँदै सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन आह्वान समेत गरेका छन।

‘देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं भने, आवाज उठाउन सक्यौं भने । यो आवाज सर्वोच्च अदालतसम्म पुग्छ’, उनले भने ।

ओलीको कदमले संविधानमाथि ठूलो क्षति पुगेकाले पनि विरोध प्रदर्शनमा उत्रनुपर्ने पौडेलको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गरेका छन् ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal