कपिलवस्तु चैनपुरमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु

२०७७ माघ २ गते, शुक्रबार

माघ २, कपिलवस्तु । कपिलवस्तुको चैनपुरमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नं. को ट्रकले बिहीबार राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज-१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । उनले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए । तराईमा जाडो समयमा बाक्लो हुस्सु लाग्ने हुनाले सडक दुर्घटना भईरहने गर्दछ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal