दारुको ट्रिपमा भीरबाट लडेर एक वृद्धको मृत्यु

२०७७ माघ २ गते, शुक्रबार

माघ २,सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–१ का अन्दाजी ६५ वर्षीय ललितबहादुर वाईवा रहेका छन् । ६५ वर्षीय वृद्ध दारुको ट्रिपमा झप्सी भीरबाट ६० फिट तल खसेर घाईते भएका थिए ।
घाईत वृद्धलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि नमुना अस्पताल हरिवन पुर्याइएको थियो ।
अस्पताल पुर्याइएको केही समयपछि वाईवालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । मृतकको शव नमुना अस्पताल हरिवनमै रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal