देशका धेरै ठाउँमा मौसम बद्ली : तराईमा बाक्लो हुस्सु , कुहिरो र शीतलहरको जोखिम

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । यो वर्ष तराईमा अहिलेसम्म शीतलहर परेको छैन । तर, हुस्सु र कुहिरो भने लागिरहेको छ । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना बढ्ने मौसमविद्को भनाइ छ ।

ऋाज पनी पूर्वी र मध्य तराईका जिल्लामा हुस्सु र कुहिरो लागीरहेको छ। पश्चिमी तराईका जिल्लाहरुमा भने हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो हट्दै जान थालेको छ ।
बालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । काठमाण्डौमा पनि कुहिरो निरन्तर लागिरहेको छ । कुहिरो तत्काल हटेर जाने सम्भावना नरहेको मौसमविद्को भनाइ छ ।
काठमाण्डौ उपत्यकामा हिजो ५ दशमलव ३ डिग्री तापक्रम रहेकोमा आज बढेर ५ दशमलव ५ डिग्रीमा पुगेको छ ।

पश्चिमी वायु नेपाल प्रवेश गरेमात्रै देशका विभिन्न ठाउँमा लागेको कुहिरो हटेर जानेछ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँहरुमा अहिले बादल लागेको छ ।
अझै केही दिन मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal