विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : नेता पौडेल

२०७७ माघ ३ गते, शनिबार

माघ ३, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले विचाराधीन मुद्दामा संसद् पुनःस्थापनको फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताएका हुन।

वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको पनी बताए । जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal