कोरोना भाइरसको नयाँ स्वरुप देखापरेपछि बेलायतमा लगाइएको प्रतिबन्दमा थप कडाइ

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । कोरोना भाइरसको नयाँ स्वरुप देखापरेपछि बेलायतमा लगाइएको प्रतिबन्दलाई थप कडाइ गरिएको छ । बेलायतमा कही सातादेखि प्रतिवन्द लगाउन थालिएको हो । बेलायत प्रवेश गर्ने अन्य देशका नागरिकमाथि कडाइ गरिएको छ भने आप्रवासी कामदारहरु पनि स्वदेश फर्कन थालेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि बेलायतका सबै नाकाहरुमा कडाइ गरिएको बताएका छन। सो प्रतिवन्द आगामी फेब्रुअरीसम्म जारी रहने बीबीसीले जनाएको छ ।
यस्तै अन्य मुलुकबाट बेलायत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोराना परीक्षण गरेर निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी बेलायत प्रवेश गरेका नागरिकहरुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको समाचारमा जनाइएको छ ।

यसैबीच गत वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण विश्वमा २० लाख भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी विश्वभर कोरोनाका कारण नौ करोड ३० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । एजेन्सी

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal