तीनदिने भारत भ्रमण पूरा गरि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्कँदै

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारतको भ्रमण सकेर शनिबार अपरान्ह स्वदेश फर्कने भएका छन । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन ज्ञवाली दिल्ली गएका थिए।बैठकमा सुस्तादेखि कालापानी–लिम्पियाधुरासम्मको विवादित सीमाबारे बैठकमा छलफल भए पनि समाधानको मोडालिटीका विषयमा भने छलफल हुन सकेन ।

शुक्रबार भारतको नयाँदिल्लीमा रहेको हैदराबाद हाउसमा भएको बैठकमा नेपालले दुई देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधान गर्दै सम्बन्ध थप सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिएको दिएको थियो।परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताएका थिए।

भारतले भने सीमा विवादबारे उपयुक्त संयन्त्रमा छलफल गरेर समाधान खोज्नुपर्ने बताएको छ ।
बैठकमा प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायतका विषयमा पनि छलफल भएको नेपाली दूतावासले जनाएको छ  ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal