इन्डोनेशियामा विनाशकारी भूकम्पः दर्जनौँ मानिसको मृत्यु, सयौँ घाइते

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । इन्डोनेशियाको सुलावेसी द्वीपमा विनाशकारी भुकम्प गएको छ । भुकम्पमा परी दर्जनौँ मानिसको मृत्यु भएको छ भने सयौँ मानिसहरु घाइते र हजारौँ विस्थापित भएका छन्।
भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो। एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal