रक्सौलबाट इन्धन ल्याउन नदिएपछि बारा-पर्साका व्यवसायी आन्दोलित, पेट्रोल पम्प बन्द

२०७७ माघ ३ गते, शनिबार

माघ ३, वीरगंज । बारा र पर्सा जिल्लाका सम्पूर्ण पेट्रोल पम्पहरुले शनिबार (आज) देखि इन्धन खरिद(बिक्री बन्द गरेका छन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजले पर्सा–बाराका पेट्रोलियम बिक्रेताहरुलाई अमलेखगंज डिपोबाट इन्धन लिन पठाउन थालेपछि यस क्षेत्रका बिक्रेताहरु आक्रोशित बन्दै आन्दोलनमा उत्रेका हुन् ।

वीरगंज कार्यालयले यसअघि कागजी प्रकृया पूरा गरि पर्सा–बाराका बिक्रेताहरुले रक्सौल डिपोबाट इन्धन ल्याएर बिक्री गर्न दिँदै आएको थियो । बारा–पर्साका पेट्रोलियम डिलर एसोसिशयन तथा डिलरहरुको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

निगमको केन्द्रीय कार्यालयको निर्णयअनुसार जनवरी १६ देखि अमलेखगंज डिपोबाट बिलिङ, भौचर, डिमान्डको प्रकृया तथा टयांकरमा तेल पनि लोडिङ गर्नुपर्ने नियम लागु गरेको थियो । सोको जानकारी वीरगंज कार्यालयले गराएपछि व्यवसायीहरु आन्दोलन थाल्दै इन्धनको खरिद बिक्री ठप्प पार्ने निर्णयमा पुगेका हुन् ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal