प्रचण्ड जुन पार्टीमा गयो त्यही भाँडभैलो गर्छन, बिचरा बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुन पार्टीमा गयो त्यही भाँडभैलो हुने बताएका छन।
शनिबार काठमाडौंमा प्रधानमन्त्ती ओली समुहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले आफ्नो राजनीतिक गुरु मोहन वैद्यलाई पार्टिबाट लखेटेको दावी गरे । उनले डाक्टर बाबुराम भटट्राईलाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले अहिले डाक्टर मान्छेले धोती कुर्ता लगाएर हिडिरहेको भन्दै व्यंग्य समेत गरेका थिए।उनले भने, ‘प्रचण्डलाई त्यतिबेला डा। लेखिएको मान्छे चाहिएको रहेछ, डा।पनि खास ठाउँको, खुब प्रयोग गरेपछि विचरा डा। न सा, अहिले त धोती कूर्ता लगाएर हिड्नुहुन्छ उहाँ।’ प्रचण्डले विप्लवलाई पनी जंगलतिर लखेटेको आरोप लगाए।

यस्तै भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले कहिल्यै पनी न्यायाधीशहरूलाई नभेटेको स्पस्ट पारे। प्रधानमन्त्री ओलीले सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको तर अरुलाई नदेखेको र शायद नचिनेको पनि दावी गरे।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal