कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन, प्रचण्ड-माधव लेनदेन नमिलेर सडकमा आएका हुन : नेता सिंह

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेसले अब टुलुटुलु हेरेर नबस्ने बताएका छन।
संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्दै नेता सिंहले आफैँलाई संविधान नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए।
‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ रु’ नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’
संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भए पनि संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नु गतल भएको नेता सिंहको भनाइ थियो ।
सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता कतै नबोलेको तर पार्टीमा लेनदेन नमिलेपछि सडकमा आएको आरोप लगाए।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal