मुलुक अव प्रतिनिधि सभाको निर्वाचनमा जान्छ : अर्थमन्त्री पौडेल

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक अव प्रतिनिधि सभाको निर्वाचनमा जाने बताएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका हुन् ।

नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको नेता पौडेलले दाबी गरे। यस विषय सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए ।

देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।
मन्त्री पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने बताए ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal