प्रचण्डले माओवादी सिध्याए, एमाले सिध्याउन सकेनन : मन्त्री थापा

२०७७ माघ ३ गते, शनिबार

माघ ३,अर्घाखाँची । खानेपानी मन्त्री तथा ओली पक्षीय नेकपा नेता मणी थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताएका छन।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले प्रचण्डले अहिलेको अवस्थामा लोकप्रिय रहेको पूर्व एमाले पार्टीलाई पनि सिध्याउन लागे पनी नसकेको दावी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमाले पार्टी सिध्याउन नदिएको नदिएको मन्त्री थापाको भनाइ छ । प्रचण्ड र नेपालको राजनीति अबको केही समय पछि घरको कोठामा मात्र सिमित हुने मन्त्री थापाको तर्क छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal