देशलाई बचाउन प्रतिनिधिसभा विघटन, पुनःस्थापना हुँदा राजसंस्था फर्कन सक्छ : गृहमन्त्री थापा

२०७७ माघ ३ गते, शनिबार

माघ ३, धनकुटा । नेकपा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले देशलाई बचाउनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले प्रतिनिधिसभा पुनःस्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु भएको बताएका हुन।

गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुनःस्थापनाको नारा लिएर हिड्नेहरू पच्छगामी भएको समेत आरोप लगाए। राजसंस्था पुनःस्थापना होस् भन्ने चाहना राख्नेहरू अहिले संसद पुनःस्थापनाको माग गर्दै हिडेको गृहमन्त्री थापाको भनाई छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal