कुर्सी हल्लिन थालेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे : डा. केसी

२०७७ माघ ३ गते, शनिबार

माघ ३, काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले कुर्सी हल्लिन थालेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार माइतीघरमा बृहत् नागरिक आन्दलोलनका क्रममा सम्बोधन गर्दै डा. केसीले जनतालाई रैती बनाउने काम संवैधानिक अंगले गर्न नहुने बताएका हुन् । जनतालाई रैती बनाउनका लागि होइन, जनताका अधिकार खोस्नलाई होइन,’ डा. केसीले भने ।

उनले संवैधानिक अंगहरु शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्ने पनि बताए । त्यस्तै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अपराध, दलाली, धाँधली गरेको र गर्नेहरुलाई पनि संरक्षण दिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको र न्यायालय जनताको निगरानीमा रहेको केसीले बताए । संसद् नै विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम न्यायालयको भएको पनि डा. केसीले बताए । जनताको आशाको केन्द्र न्यायालय भएको र अहिले न्यायालय अग्निपरीक्षामा रहेको पनि केसीको भनाइ थियो ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal