योगेशको ओलीलाई जवाफ, केटाकेटीकै रगत र पसिनाले तपाईंले कुर्सी पाएको हो

२०७७ माघ ४ गते, आईतवार

माघ ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले केटाकेटीकै रगत र पसिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी पाएको प्रतिक्रिया दिएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

ओलीले ‘केटो’भन्दा आफूलाई दुस्ख नलागेको बताउँदै भट्टराईले प्रधानमन्त्रीको स्तर थाहा पाउँदा खुशी लागेको बताएका छन्। ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो।’ भट्टराईले शनिबार राति लेखेका छन्,‘केटो भनिपाउँदा मलाई दुस्ख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।’

ओलीले योगेशमाथि केटोको संज्ञा दिएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
ओलीले शनिबार आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका थिए। ‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन। आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ। मन्त्री पनि बनाइयो’, ओलीले भट्टराई प्रचण्ड–नेपाल समूहमा गएकोप्रति कटाक्ष गर्दै भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ।’ यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal