काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालय आजदेखि खुल्ला

२०७७ माघ ४ गते, आईतवार

माघ ४, काठमाडौं । काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् ।

ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमती दिइसकेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खोल्न अनुमती दिइसकेका छन् ।

काठमाण्डौ जिल्लामा धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाण्डौ महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आज छलफल गर्दैछ । काठमाण्डौमा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।

सरकारले चालु शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसँगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको हो । सरकारले विद्यालय खुलाउने जिम्मा पालिकालाई दिएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal