दुई श्रीमानविचको झडपमा गर्भवती श्रीमती घाइते

२०७७ माघ ४ गते, आईतवार

माघ ४, काठमाडौं । हुम्लामा दुई श्रीमानविच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्। पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेर घाईते बनाएका हुन ।

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा धनराजलाई छाडेर उमेशसँग विवाह गरेर केही समय अगाडि मिलापत्र गरेको भए पनि शनिबार पुनः दुई पक्षबीच झडप भएको हो। रु ११ लाख तिरेर मिलापत्र भएको भए पनि पैसा तिरेको भर्पाइको बिषयमा कुरा नमिल्दा झडप भएको बताइएको छ।

कुटपिटमा परेकी ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेको र अहिले बोल्न नसक्ने भएका कारण उचारका लागि सिमकोट ल्याइएको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal