सोलुखुम्बुमा टिपर दुर्घटना : तीन जनाको मृत्यु, एक गम्भीर घाइते

२०७७ माघ ५ गते, सोमबार

माघ ५, सोलुखुम्बु । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका – ११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४ का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।
यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ ।
टिपर सडकबाट अनियंत्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal