सोमवार १७.३१ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । सोमवार शेयर बजार १७ दशमलव ३१ अंकले उकालो लागेर
२ हजार ३३२ दशमलव ३२ विन्दुमा बन्द भएको छ । आइतवार २ हजार ३१५ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ३३३ दशमलव ८८ विन्दुदेखि खुला भएको थियो । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५६ अंक बढेर १४२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतवार रू ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार बराबरको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने यो बाहेक १७ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव १४ प्रतिशतले घटेको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal