ओलीलाई तह लगाउ स्पष्टीकरण पत्र पठाउँछौं, उनी सदस्य हुन पनी लायक छैनन : नेपाल

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट हटाउन सोमबार स्पष्टीकरण पत्र पठाइने बताएका छन् । काठमाडौंमा आयोजित आफू सम्बद्ध अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई तह लगाउन स्पष्टीकरण पत्र पठाइने बताएका हुन् ।

अध्यक्ष नेपालले ओली सदस्य हुन लायक नरहेको बताए । ओलीलाई अझै सुधार्न सकिन्छ कि भनेर पार्टीका केही नेताहरुले अझै प्रयत्न गरेको भन्दै नेपालले त्यो व्यर्थ रहेको दाबी गरे । ‘मेरो मति बिग्रियो, म मैमत्त भए भनेर माफी माग्नु हुन्छ कि भनेर केही कमरेडहरु अझ आशा गर्नुभएको छ । दाहाल कमरेडले पनि बांगो पुच्छरलाई सोझो पार्ने धेरै कोसिस गर्नुभएको थियो । बांगो पुच्छर सोझो हुनेवाला छैन,’ नेपालले भने ।

ओलीले चुनाव गराउन घोषणा नगरेको भन्दै नेपालले भ्रममा नपर्न आग्रह गरे । उनले भने, ओलीले चुनाव गराउँदैनन् । उनलाई पाँच वर्ष बस्न मन छ । त्यसका लागि संकटकाल लगाएर भएपनि, अरु असंवैधानिक कदम चालेर भएपनि प्रधानमन्त्रीमा बस्ने प्रयास गर्छन् ।’

दाहालले आफूलाई प्रधानमन्त्री र पार्टी अधयक्षबाट हटाउन खोजेको भन्ने ओलीको अभिव्यक्तिको खण्डन गर्दै नेपालले पहिलो पटक राजीनामा माग्ने व्यक्ति वामदेव गौतम भएको प्रष्टिकरण दिए । एक जना व्यक्तिले गर्दा अहिले सिंगो देश आन्दोलित हुन परेको भन्दै नेपालले ओलीको तानाशाह पछार्न गाउँगाउँबाट जनता जाग्नु पर्ने पनि बताए ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal