नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रियो,संक्रमीत बेलायतबाट आएका (विज्ञप्ति सहित)

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेको विज्ञप्ति अनुसार नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण केही दिन अघि बेलायतबाट आएका ६ जना मध्ये तीन जनामा देखिएको छ ।

नयाँ प्रकारको भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन संक्रमीतको नमूना विश्व स्वास्थ्य संगठनको सहयोगमा पुष २७ गते हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट माघ ५ गते (सोमवार) प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेमा एक महिला तथा दुई पुरुष रहेका छन् । २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसके पनि ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायमै रहेको भएपनि लक्षण भने नदेखिएको मन्त्रालयले जानकारी दिएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal