आज ३२२ संक्रमित थपिए : कुल संक्रमितको संख्या २ लाख ६७ हजार नाघ्यो, ३७४ जना डिस्चार्ज, ६ को मृत्यु

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ३ सय २२ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ३ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ६१ हजार ८ सय १८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ६५ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal