सिंहको सन्तानले ओली जस्ता भेडाहरूको संगत गरीएछ, आम हड्तालमा जानु पर्ने हुन सक्छ : प्रचण्ड

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन आम हड्तालमा जानु पर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित आफू सम्बद्ध अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीको कदमविरुद्ध आमहड्तामा गएर भएपनि ब्याटल जित्ने बताएका हुन् । १६ गते सम्म जाँदा आम जनतालाई उठाएर आम हड्तालतिर पनि जान सक्ने अवस्था आउन सक्छ,’ दाहालले भने, ‘त्यो तयारी पनि हामी गरिराखौं । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं । हामीले यो ब्याटल नजिती हुँदैन’ ।

दाहालले आफूहरू सिंहको सन्तान बताउँदै ओली जस्ता भेडाहरूको संगत गरेको बताए । उनले भने,’केपी ओली जस्ता भेडाहरूको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो ? एकपटक ऐना अगाडि उभिएर हेरौं, हामी सिंहका सन्तान हौं भनेर जुरुक्क गर्जियो भने त भने केपी ओली जस्ता भेडाहरू त..? ओलीले संसद् विघटन नभई संविधान र संघीय लोकतान्त्रीक गणतन्त्र विघटन गरेको दाहालको भनाई थियो ।

‘केपी ओलीले विघटन गरेको संसद् हैन । उनलाई त्यसको अधिकार छैन । ओलीले गरेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो । त्यसकारण एकपटक फेरी त्यसको रक्षाको लागि संघर्षको मैदानमा उत्रिनुको विकल्प छैन,’ दाहालले भने, ‘हामी ढिलो नगरी जनताको अदालतमा जानु पर्नेभयो । यसो हेर्दा लक्षण गतिलो देखिएन ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal