ओली र प्रचण्ड-नेपाल समुहबीच झडप, वडा अध्यक्ष घाइते

२०७७ माघ ५ गते, सोमबार

माघ ५, हुम्ला । हुम्ला नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच झडप भएको छ । हुम्लाको अदानचुची गाउँपालिकामा भएको झडपमा वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।

आईतबार दिउँसो वडाध्यक्ष थापाको नेतृत्वमा ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको बताईएको छ।

पूर्वमाओवादीबाट वडा अध्यक्षमा निर्वाचित थापा नेकपा दुई समुहमा बिभाजित हुदा ओली समूहमा लागेका छन् ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal