दुई चार जना झुण्डहरुले भन्दैमा आन्दोलन हुंदैन, संगठनको हित विपरीत जानेलाई कारवाही गर्छौं : पौडेल

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं ।युवासंघ नेपाल (नेकपा)का सह अध्यक्ष एवंम प्रभावशाली युवा नेता रमेश पौडेलले दुई चार जना झुण्डहरुले आन्दोलन गर्छु भन्दैमा सडक आन्दोलन नहुने बताएका छन । उनले प्रचण्ड–माधव पक्षका युवाहरुलाई सडक आन्दोलन नगर्न चेतावनी दिए ।

सिएनएन संग कुरा गर्दै नेता पौडेलले भने “यो आन्दोलन गर्ने बेला हैन, चुनाव गरेरे नयाँ जनादेश लिने बेला हो , ‘आगामी बैशाख १७ र २७ मा हुने निर्वाचनमा युवासंघ अब होमिन्छ , सरकारले गरेका राम्रा कामको सुचना अब जनतालाई दिने बेला आएको छ ,“मुल संस्थापन पक्ष हामी हौं, कोही झुण्ड युवासंघ नेपालबाट चैटिन चाहान्छ भने चैटियोस तर प्रचण्ड नेपालको बहकाउमा लागेर कोही युवा आन्दोलनमा जान्छ भने हामी कारवार्ही गर्नेछौं ।

नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेश जाने कानुन सम्मत भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले विशेषाधिकार र अन्तर्राष्ट्रिय अभ्यास संसद विघटन गरेको उनको भनाई थियो । प्रधानमन्त्रीले देशमा राजनीतिक स्थिरता नचाहनेले काम गर्न नदिदा प्रतिनिधि सभा बिघटन गर्नु परेको बताए ।

संघीयता र लोकतन्त्रनै धरापमा पार्ने तथा सरकारलाई काम गर्ने वाताबरण बन्न नदिदा सरकार ताजा जनादेशमा गएको उनको दाबी थियो । पौडेलले प्रचण्ड नेपाल पक्षलाई हिंसात्मक बोटा नरोज्न सुझाव समेत दिए ।

युवा संघ नेपालले मुलुकको वदलिँदो परिवेशमा युवा तथा जनताहरुमा पार्न खोजीएको भ्रमहरु चिर्न देशभर अभियान सञ्चालन गरिरहेको बताए।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal