अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

माघ ६, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनको सपथग्रहण समारोह अघि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी न्यूयोर्कलगायत विभिन्न सहरमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने नियमित गस्तीहरु पनि भइरहेका छन् ।

सपथ समारोहअघि कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । अहिले बासिङटन डिसीस्थित संसद भवन बन्द गरिएको छ । यही जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

चुनावी परिणामप्रति असन्तुष्ट रहेका राष्ट्रपनि ट्रम्पका समर्थकले बाइडेनको सपथ समारोह अघि नै सबै राज्यमा हतियारसहित प्रदर्शन गर्ने चेतावनी दिएसँगै राजधानी डिसीलगायत मुख्य सहरको सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले उल्लेख गरेको छ ।

सुरक्षाको कारण देखाउँदै राष्ट्रपति बाइडेनको सपथ समारोहलाई छोट्याइएको छ । हरेक राज्यमा प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन गरेको बताइएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal