ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन

२०७७ माघ ६ गते, मंगलवार

माघ ६, काठमाडौं । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेको बताएका छन् । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको बताए । नेकपा प्रचण्ड–नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्ठूठानमा सम्बोधन गर्दै पुनले गणतन्त्रविरोधी भएर पनि त्यसका सबै प्रतिफल लिएको र नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप लगाए ।

ओलीसँग सानो झुण्ड बाहिरिए पनि जबजको मार्गनिर्देशनमा एमालेलाई जनताबीच लोकप्रिय बनाउने, पार्टिलाई विधि, प्रक्रिया, पद्धति र विचारका आधारमा अघि बढाउनुपर्छ भन्ने सोचका माधव नेपाल, झलनाथ खनाललगायत ठूलो पंक्ति र पूर्वमाओवादी एक ढिक्का भएको पुनको दाबी छ । मन्त्रिपरिषद्मा ओलीसँग तीन वर्ष सँगै काम गर्दा उनमा फाँसिवादी चरित्र देखेको टिप्पणी पुनले गरे । ओलीमा आलोचना गर्नेलाई सत्रु र समर्थन गर्नेलाई दास ठान्ने प्रवृत्ति हाबी रहेको पुनको आरोप छ ।

कम्युनिष्ट नेतृत्वमा अनुकुल वा प्रतिकूल दुवै अवस्थामा वर्ग, देशप्रतिको दृष्टिकोण र क्रान्तिप्रतिको निष्ठा निरन्तर हुनुपर्नेमा ओलीमा त्यो नरहेको टिप्पणी उनको छ ।
पुनले ओलीको नेतृत्वमा सानो गुट विचलित भएर बाहिरिए पनि विचार, विधि, पद्धतिमा चल्ने माधव नेपालको मूल प्रवृत्ति र जनयुद्ध जनआन्दोलनको नेतृत्व गरेका प्रचण्ड रहेको पार्टी नै मुल धारा प्रवाह भएको दाबी गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal