सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

माघ ६, काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। ५.५७ अंकले घटेर २३ सय २६ दशमलव ६० बिन्दुमा रोकिएको छ। हिजो ९सोमबार० नेप्से १७.३१ अंकले बढेको थियो । अधिकांश उपसूचक रातो भएको बजारमा जीवन बीमा, फाइनान्स र व्यापार समूहको उप सूचक मात्रै हरियो भएका छन्।

जीवन बीमा समूह ५३५ अंकले बढ्दा निर्जीवन बीमा समूह १२४ अंकले घटेको छ। ७ कम्पनीको सेयर मूल्य भने बढेर सर्किट लागेको छ। नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलोपमेन्ट बैंक, जानकी फाइनान्स र प्रभु लाइफको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेपाल लाइफको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ। २०६ कम्पनीका एक करोड ६३ लाख कित्ता सेयर सात अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal