देशका धेरै ठाउँमा मौसम बद्ली : तराईमा हुस्सु हिमाली भूभागमा हिमपातको सम्भावना

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, काठमाडौं । आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।
तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखा सबैलाई आग्रह गरेको छ ।
यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ । आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal