नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफा गत वर्षको तुलनामा ४.७७ प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको शेयर प्रिमियममा ३ करोड २५ लाख रुपैयाँ, छ। शेयरधनी कोषमा ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २१.७८ गुणा कायम भएको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal