सिटिजन्स बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानीमा सुधार

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत वर्षको तुलनामा २७.२६ प्रतिशत नाफा बढाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ पु्गेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१.५६ प्रतिशत बढेर १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ।

९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ८७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ रुपैयाँ १३ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा पुगेको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनपात १६.५५ गुणा रहेको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal