मुक्तिनाथ विकास बैंकको चमत्कारीक वित्तीय विवरण, अधिकांश सूचक सुधार

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको चमत्कारीक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३०।२८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ।

मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ र रिटेन्ट अर्निङ्गमा ५३ करोड २६ लाख रुपैयाँ सञ्चित छ। बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal