दाङबाट छुटेको यात्रुवाहक बस दुर्घटना, २ जनाको मृत्यु,११ जना घाइते

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दाङबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुवाहक बस पल्टिदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दाङको राप्ती नगरपालिका–५ की करिब ३१ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी करिब ३५ वर्षकी निर्मला चौधरी रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते ६ जनालाई वीरगन्ज रेफर गरिएको र अन्य ५ जनाको हरिवनमै उपचार भइरहेको छ । यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal