मौसम बद्ली : धेरैजसो ठाउँहरुमा बाक्लो हुस्सु् र कुहिरो ,पानी पर्ने सम्भावना छैन

२०७७ माघ १० गते, शनिबार

माघ १०, काठमाडौं । आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव भएकोले तत्काल पानी पर्ने सम्भावना नदेखिएको पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।


तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु् र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाण्डौमा हिजोभन्दा आज केही न्यानो महशुस गरिएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal