ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावको आगामी हप्ता टुंगो लाग्ने

२०७७ माघ १० गते, शनिबार

माघ १०, काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आगामी हप्ता लाग्ने भएको छ । संसदको तल्लो सदनले पारित भएर माथिल्लो सदनमा पुगको सो प्रस्तावको निर्णय प्रक्रिया आगामी हप्ता टुंगो लाग्ने बीबीसीले जनाएको छ ।

केही दिनअघि ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा प्रवेश गरेर आक्रमण गरेपछि उहाँविरुद्ध महाअयभियोगको प्रस्ताव लगाउने प्रक्रिया सुरु भएको हो । संसदको माथिल्लो सदनले तल्लो सदनबाट आएको प्रस्तावलाई सदर गरे राष्ट्रपति ट्रम्पले आगामी कार्यकालका लागि निर्वाचनमा सहभागी हुन पाउने छैन ।

अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने बहालवाला राष्ट्रपति ट्रम्प मात्र हुन। यसअघि पनि ट्रम्पविरुद्ध संसदको तल्लो सदनले पास गरेको महाअभियोगको प्रस्ताव माथिल्लो सदनले रोकेसँगै प्रक्रिया पूरा हुन पाएको थिएन । एजेन्सी

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal