महिला लिगको तालिका सर्यो, चार दिनका लागि सबै खेल स्थगित

२०७७ माघ १० गते, शनिबार

माघ १०, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबल अन्तर्गत जारी खेलहरु मंगलबारसम्मका लागि स्थगित गरेको छ ।
चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ ।
चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ । तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो ।
यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो । तर आजका लागि तय गरिएका दुवै खेल स्थगित भएका एन्फाले जनाएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal