फ्रेन्च लिग वान : पिएसजीको रोमान्चक जित

२०७७ माघ १० गते, शनिबार

माघ १०, काठमाडौं । फ्रान्सेली लिग वानअन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमान्चक जीत निकालेको छ । उक्त खेलमा पिएसजीले मोन्टपिलिएरलाई ४–० गोलले पराजित गरेको हो ।
खेलमा पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले २ गोल गरे भने नेयमार र माउरो इकार्डीले एक एक गोल गरे ।उक्त खेलको ३४औं मिनेटमा पिएसजीका एम्बाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए ।
खेलको ६०औं मिनेटमा नेयमारले गोल गरे । खेलको ६१औं मिनेटमा पिएसजीका इकार्डीले गोल गरे । त्यसपछि ६३औं मिनेटमा एमबाप्पेले अर्को गोल गरी पिएसजीलाई जित दिलाए । जितसँगै पिएसजी २१ खेलबाट ४५ अंक जोड्दै शीर्षस्थान लिएका छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal