युवासंघ नेपाल ओलीको पक्षमा छ, सानो समुह उत्तेजित हुनु स्वाभाविक : बस्नेत

२०७७ माघ १० गते, शनिबार

माघ १०, काठमाडौं । युवासंघ नेपाल (नेकपा)का स्थाई कमिट सदस्य एवंम प्रभावशाली युवा नेता रोशन बस्नेतले युवा संघ नेपाल राष्ट्रको पक्षमा लागेको बताएका छन । नेता बस्नेतले पद खान खोज्ने तर काम गर्न नखोज्ने केही पद लिप्त युवा नेताहरु प्रचण्ड नेपाल समुहमा लागेको टिप्पणी गरे ।


सिएनएन एक्प्रेससंग कुरा गर्दै बस्नेतले भने- ‘बाटो बिराएर प्रचण्ड-नेपाल समुहमा लागेका नेता कार्यकर्ता केपी आलीले नेतृत्व गरेको मुल पार्टीमा फर्कीनेछन, नफर्कनेहरुको सानो झुण्डहरुलाई नेपाली जनताले आगामी निर्वाचनबाटै ठेगान लगाई दिने छन’ । उनले थपे , ‘युवा संघ नेपालको अर्जुनदृष्टी युवाको पक्षमा, देश निर्माणको पक्षमा, सुखि नेपाली र समृद्ध नेपालको पक्ष हो’ ।‘ हामी देशव्यापी रुपमा लागेका छौं अब काम नगर्ने पदलिप्त झुण्डहरु मुलधारबाट बाहिरीनु पर्ने नै थिए , बाहिरीए अब हामी झनै मजवुत भयौं’ ।

युवासंघ नेपाल केही समय भित्र पुनर्गठन हुन्छ । युवा संघ नेपालका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिका तर्फ लक्षीत गदै वस्नेतले भने, ‘सानो समुह उत्तेजित हुनु स्वाभाविकै हो, तर पार्टी हित विपरीत सानो कोठरीमा बसेर बैठक गर्दै हिड्लाई अब संगठनले कारवाही गर्छ’ ।

नेता वस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेश जाने कानुन सम्मत भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले विशेषाधिकार र अन्तर्राष्ट्रिय अभ्यास अनुसार संसद विघटन गरेको उनको भनाई थियो । चरम गुटबन्दी, सत्ता र शक्तिको स्वार्थका कारण परस्पर स्यालझैँ किचलो गरेर देश र जनताको पक्षमा काम गर्न नदिएपछि आलीले प्रतिनिधिसभा विघटन गरेको उनको दावी थियो ।

अध्यक्षबाट हटाउने, अविश्वास प्रस्ताव ल्याउने देखि राष्ट्रपतिलाई समेत महाभियोग लगाउने सम्मका योजना बुनिए पछि प्रधानमन्त्रीले ताजा जनादेश लिने चाहना राख्नु लोकतान्त्रिक अभ्यास हो’ । उनले थपे, ‘यो कार्यकालपछि आफू प्रधानमन्त्री पनि नबन्ने र आगामी महाधिवेशनमा अध्यक्ष पदमा नलड्ने भनिसक्नुभएका ओलीलाई पूरा कार्यकाल काम गर्न दिएर सघाउनुको सट्टा अध्यक्ष र प्रधानमन्त्री दुवै पद तत्कालै खोजेर योजनाबद्ध तयारी लाग्नुको परीणाम आज पचण्ड-नेपाल पक्षले भोन्नु परेको बताए ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal