काभ्रेको विभिन्न स्थानमा बम फेला, सेनाद्धारा निष्कृय, राजमार्ग अवरुद्ध

२०७७ माघ १० गते, शनिबार

माघ १०, काभ्रे । काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा सिलिन्डर बम र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकस्पद वस्तु फेला परेको हो ।

आज बिहान राजमार्गमा सिलिन्डर बम बिस्फोट भएको हो । त्यस्तै बनेपामा झोलामा कुकर जस्तो देखिने वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। यस्तै गएराति पनि बनेपामा केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छ्न् ।

बिहान केही समय सवारी आवागमन रोकिए पनि अहिले सुचारु भएको छ । शंकास्पद वस्तु फेला परेसँगै सो राजमार्ग अवरुद्ध भएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal