राजनीतिक अस्थिरता कारण वैशाखमा निर्वाचन हुने सम्भावना छैनः महामन्त्री कोइराला

२०७७ माघ १० गते, शनिबार

माघ १०, महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएको बताएका छन । नेता कोइरालाले वैशाखमा निर्वाचनको सम्भावना नरहेको बताए ।
कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हल गायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको धारणा राखे।
हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो’, कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनले बताए ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal